पत्रकार डीआर पन्तको स्वास्थ्यवस्था बुझ्न काँग्रेस नेता साउद गंगालाल हृदयरोग केन्द्रमा

0

कञ्चनपुर-नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले पत्रकार डीआर पन्तको स्वास्थ्य अवस्था बारे जानकारी दिएका छन्। बिहीवार नेता साउद गंगालाल हृदयरोग केन्द्र पुगेर पत्रकार पन्तको स्वास्थ्य अवस्था बारे जानकारी लिएको हो।

ह्रदयाघात भएर काठमाडौं लगिएका पत्रकार डीआर पन्तको स्वास्थ्यवस्थामा सुधार आएको चिकित्सकले बताएका छन्। नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका पन्तलाई ह्रदयाघात भएको थियो।उपचारका लागि महेन्द्रनगरबाट धनगढीको सेती प्रादेशिक अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर गरेको थियो।उनी कान्तिपुर दैनिकका डडेल्धुरा संवाददाता हुन्।