पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल प्यानलसहित विजयी

0

कैलाली-नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन्।प्रेस युनियनसहितका विभिन्न १२ वटा पेशागत संगठनबाट संयुक्त उम्मेदवार बनेका रावलले प्रेस चौतारीका कृष्णबहादुर ओलीलाई पराजीत गर्दै प्यानलसहित विजयी भएका हुन्।

झण्डै २१ वर्षदेखि पत्रकारिता पेशामा सक्रिय रावल पत्रकार महासंघ सुदूरपश्चिमको निवर्तमान कार्य समितिमा महा–सचिव थिए। यस्तै प्रदेश समितिको उपाध्यक्षमा संयुक्त प्यानलका योगेन्द्रबहादुर बलायर, महासचिवमा संयुक्त प्यानलकै रामसिंह ठगुन्ना विजयी भएका छन्।