पत्रकार महासंघ कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी

0

कैलाली-नेपाल पत्रकार महासंघको २६ औं सम्पन्न चुनावी सभाबाट कैलाली शाखामा हिमाल जोशी विजयी भएका छन्। प्रेस यूनियन कैलालीका अध्यक्ष प्रतिद्धन्दी श्रवण देउवालाई ७ मत अन्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन्। अध्यक्षका विजयी जोशीले ८६ मत प्राप्त गरेका छन् भने प्रतिद्धन्दी श्रवण देउवाले ७९, प्रेस चौतारीका सुशील ढुंगानाले १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत घनबहादुर शाहले जानकारी दिए। यसै गरी उपाध्यक्षमा हर्कबहादुर बिक (हरिश) ले १ सय १७ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्धन्दी पदम साप्कोटाले ५२ मत ल्याएका छन्। महिला उपाध्यक्षमा दुर्गा देवकोटाले १ सय ७ मत प्राप्त गरेको छ। प्रतिद्धन्दी जमुना न्युरेले ६६ मत ल्याएकी छन्। यसैगरी नयाँ कार्य समितिको सचिवमा प्रेम चौधरी ८६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी युवराज न्यौपानेले ७३ मत ल्याएका छन्। प्रेस चौतारीबाट निराजन परियारले २४ मत प्राप्त गरेका छन्।

यसैगरी सह–सचिवमा घनश्याम पौडेल १ सय ३० मत ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्दी बिरेन्द्र भट्टले ४० मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा लक्ष्मीप्रसाद जैशी १ सय ९ मत सहित विजयी हुँदा प्रकाश मिश्रले ७८ मत ल्याएका छन्। सदस्यहरुमा कैलाश जोशी ८९, दिपक उपाध्याय ८८, रतनलाल चौधरी ८५, नेत्रप्रसाद जैशी ७६, शुनिल आउजी ८२, नवराज पनेरु ७४, अंकुश कुँवर ७७ र शंकर बोहराले ७४ मत ल्याएर विजयी भएका छन्।चुनावी साधारणसभा अन्तरगत बुधबार सम्पन्न निर्वाचनमा कैलालीबाट १ सय ८७ भोट खसेका छन्। कुल १ सय ९३ मतदाता संख्या रहेका थियो।