तरुण दल बैतडीका अध्यक्ष भट्ट युवतीसंग शंकास्पद रुपमा फेला परे

0

बैतडी- नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट एक युवतीसंग शंकास्पद रुपमा फेला परेका छन्। दोगडाकेदार गाउँपालिका ७ घर भएका भट्ट सोही गाउँपालिका घर भएकी एक युवतीसंग शंकास्पद रुपमा फेला परेका प्रहरीले जनाएको छ ।

तरुण दल अध्यक्ष भट्ट र नेविसंघमा आवद्ध ती युवतीलाई मेलौली नगरपालिका २ सलेना बाग्गोठाबाट शंकास्पद रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने ‘दुवै जना बास बस्नका लागि त्यहाँ पुगेका र राती हल्ला भएपछि उनीहरु त्यहाँबाट भाग्न खोजेका थिए।
त्यसपछि होटेल साहुले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौं।’ दुवैजनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।