चालक नहुँदा जिल्ला अस्पताल अछाममा थन्कियो एम्बुलेन्स

0

अछाम – चालक नहुदा जिल्ला अस्पताल अछामको एम्बुलेन्स थन्किएको छ। सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्स विगत ३ महिना देखि चालक नहुँदा थन्किएको हो।

सुदुरपश्चिम प्रदेश को सामाजिक विकास मन्त्रालयले गम्भीर प्रकृतिका बिरामीलाई सुविधा सम्पन्न अस्पताल सम्म लैजान सजिलो होस भनेर वितरण गरेको एम्बुलेन्स चालक नभएर थन्किए पछि सेवाग्राहीले सेवा पाउन नसकेका हुन् ।

लामो समय देखि चालक विहिन एम्बुलेन्स को चालक भर्ना गर्ने कुनै पनि प्रकृया आगाडी समेत बढेको छैन।अस्पताल का अन्य सेवा पनि फितलो रहेको जनगुनासो रहेको छ । अस्पतालमा दरबन्दी र आवश्यकता अनुसारको जनशक्ति पुर्ति हुन नसकेको र करारका कर्मचारीले अस्पतालको सेवा संचालन गरिरहेको अस्पताल कि सूचना अधिकारी गङ्गा बुढा मगरले बताएकी छन्।