एमालेमा गएका चार माओवादी मन्त्रीको सांसद पद रिक्त

0

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको छ। बिहीवार बसेको प्रतिनीधि सभा बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले रिक्त रहेको जानकारी गराएका हुन्।राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको संघीय संसद सचिवालयलाई जानकारी गराएको सूचनालाई सभामुखले जानकारी गराएका हुन् ।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय सचिवालयमा बुझाइसकेको छ ।

नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेका यी नेताहरू सर्वोच्च अदालतले एमाले(माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए ।

सांसद नरहेका उनीहरुलाई मन्त्री भइराख्न पुनर्नियुक्ति गनुपर्ने हुन्छ। संविधानविद् टीकाराम भट्टराईका अनुसार संविधानको व्यवस्थाअनुसार पुनर्नियुक्ति गरे सांसद नुहँदा पनि ६ महिना मन्त्री हुन सकिन्छ ।