‘अब धनगढी दौडन्छ’ हाफ म्याराथुन चैत २८ गते

0

कैलाली- हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अन्तिम चरणमा पुगेको जनाएको छ।

सके दौडौं,नसके हिडौं भन्ने नारासहित २०७८ सालको पुर्वसन्ध्यामा चैत २८ गते नवजीवन धनगढी हाफ म्याराथनको तयारी अन्तिम तिर पुगेको धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले बताए । म्याराथन ४ वटा विधामा रहेको पहिलो २१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार दोस्रो कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको अध्यक्ष पनेरुले बताए।

यस्तै तेस्रो महिला तर्फ ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार छ भने चौथो बिधामा अपांगतालाई ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने जनाएको छ।

यसबर्ष सिजि कम्पनीले सहभागी हुने मध्येबाट एउटा भाग्यमानीलाई गोलाप्रथाबाट सिजि कम्पनीको ४३ इन्चको एलईडी टिभी प्रदान गर्ने पनि अध्यक्ष पनेरुले बताए ।सहभागी हुन चाहने जो कोहिले नगद २ सय शुल्कमा जेसीजले उपलब्ध गराएको सहभागी फाराम भर्न सक्ने जनाएको छ ।