सुर्खेत-नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा देवीराम देवकोटा विजयी भएका छन् । प्रेस युनियन नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका देवकोटाले ४२९ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्धन्दी बिष्णु शर्माले ३२१ मत ल्याएका छन्।
त्यस्तै, खुल्ला उपाध्यक्षमा चक्रबहादुर खत्री, महिला उपाध्यक्षमा बिमला खड्का, महासचिवमा खगेन्द्रप्रसाद भट्टराई, सचिवमा दीपक बुढा, समावेशी सचिवमा अशोक राजी, कोषाध्यक्षमा गणेशकन्चन भारती विजयी भएका छन् ।
त्यस्तै, सदस्यहरुमा महिला सदस्यमा चिना बिक र सुरिता बस्नेत विजयी भएका छन् ।खुल्ला सदस्यमा जीवन शाही, सुवर्ण शाही, दीपकुमार जैसी, नन्दराम जोशी सरोज वली, जीतप्रसाद आचार्य, सुरेन्द्रबहादुर सिंह, हरिबहादुर सिंह विजयी भएका छन् ।