सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

0

कैलाली-सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा २७ नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २ जना, वडा नम्बर ३ का २ जना , कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का १ जना र कैलालीको भजनी ५ का १ जनामा कोरोना संक्रमण देखिएको हो। हाल अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियूमा राखिएको अस्पतालले जानकारी दिएको छ।