देशभर पत्रकार महासंघको मतगणना जारी, विपुल पोख्रेल प्यानलको अग्रता कायमै

0

काठमाडौं-बुधबार सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनको मतगणना जारी रहेको छ। इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको थियो।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार विपुल पोखरेल प्यानलले अग्रता कायमै गरेको छ। सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

महासंघको नेतृत्वका लागि विपुल पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।