पत्रकार डीआर पन्त ‘खतरामुक्त’

0

कैलाली-ह्रदयाघात भएपछि काठमाडौं लगिएका पत्रकार डीआर पन्त खतरामुक्त रहेका छन्। पन्तको गङ्गालाल हृदयरोग केन्द्रमा केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका पन्तलाई ह्रदयाघात भएकाे थियो। पन्त कान्तिपुर दैनिकका डडेल्धुरा संवाददाता समेत हुन्।

ह्रदयाघात भएलगतै महेन्द्रनगरबाट उपचारका लागि पन्तलाई धनगढी ल्याइएको थियो। यहाँ सम्भव नभएपछि सेती प्रादेशिक अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर गरेको थियो।