सुदूरपश्चिम प्रदेश सभा सदस्य बोहोरालाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

0

कैलाली-नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई बुधबार स्पष्टीकरण सोधेको छ। अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट माओवादीका तर्फबाट निर्वाचित बोहोरालाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेश सभामा निर्वाचित भए पनि एमाले प्रवेश गरेको भन्दै स्पष्टीकरण सोधेको बताए।