पत्रकार डीआर पन्तलाई ह्रदयाघात, थप उपचारका लागि काठमाडौं रेफर गरियो

0

कैलाली- पत्रकार डीआर पन्तलाई ह्रदयाघात भएको छ।नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका पन्तलाई ह्रदयाघात भएको हो।

कान्तिपुर दैनिकका डडेल्धुरा संवाददाता समेत रहेका पन्तलाई सामान्य ह्रदयाघात भएको कान्तिपुर दैनिकका सुदूरपश्चिम ब्युरो प्रमु्ख चित्राङ्ग थापाले जानकारी दिए। महेन्द्रनगरबाट उपचारका लागि धनगढी ल्याइएका पन्तलाई सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरेको छ।

थापाले पन्तको अवस्था खतरामुक्त भएपनि पुनः दोहोरिने जोखिमका कारण डाक्टरले थप उपचारका लागि काठमाडौँ पठाएको बताए।