धनगढीका १० जनामा कोरोना संक्रमण पुष्टि

0

कैलाली- धनगढीका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ र ११ का १र१ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

कैलालीकै जोशीपुर गाउँपालिकाका २ जना, कैलारी गाउँपालिकाका १ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ।
सेती अस्पतालमा बुधबार ६७ जनाको परीक्षण गरिएकोमा ५३ जनाको रिर्पोट भने नेगेटिभ आएको छ।