काठमाडौं- गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन।
आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन्। बुधबारदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै चुमानले राजीनामा मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिए।
बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो। यद्यपि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा भने गरेको छैन।