थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।