कोरोनाविरूद्धको भ्याक्सीन ‘भेरोसेल’ आजबाट लगाइदै

0

काठमाडौं-चीनले अनुदानमा दिएको कोरोना भाइरसविरूद्धको भ्याक्सीन आज (बुधबार) बाट लगाइने भएको छ । काठमाडौंका १४ अस्पतालमार्फत उक्त खोप लगाउने व्यवस्था गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले यो खोप अघिल्लो चरणमा प्रथामिकतामा परेर पनि लगाउन नपाएका साथै व्यपार व्यवसायका साथै कुनैपनि कामकका लागि चीन जाने नागरिकलाई प्रथामिकता दिने सरकारले घोषणा गरेको थियो । तर त्यसको अलावा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट कम्पनीमा काम गर्ने, औषधि, फलफूल, तरकारी व्यापारी प्रध्यापकलाई पनि यो चरणको खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।