दार्चुला- नेपाल पत्रकार महासंघ दार्चुला जिल्लाको निर्वाचनमा तीन जना निर्विरोध निर्वाचित भएका छन। निर्वाचनका लागि जनजाती सदस्य, महिला सदस्य र दलित सदस्यमा एकल उम्मेदवारी परेपछि तिनै जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिए।

जनजाती सदस्य पदका लागि नेपाल प्रेस युनियनका विशन सिंह बुढाथोकी, खुल्ला महिला सदस्य पदका लागि दमन्ती जोशी र दलित सदस्य पदका लागि पुस्करराम लोहारको एकल उम्मेदवारी परे पछि तिनै जना निर्विरोध निर्वाचित भएको उनले बताए। २६ वटा पदका लागि हुन गइरहेको निर्वाचनमा दार्चुलाबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको जनाएको छ। यस्तै श्रमजिवी पत्रकारहरुको साझा संगठनले नेपाल पत्रकार महासंघको यहि चैत्र २५ गते हुने आसन्न जिल्ला अबिधेशन सन्दर्भमा प्रेस चौतारी नेपाल दार्चुलाको आइतबार बसेको बैठकले नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्ण सिह धामीलाई अध्यक्ष पदमा उमेदवार बनाउने निर्णय भएको छ।

साथै आइतबार बसेको बैठकले सुदुरपश्चिम प्रदेशमा कृष्ण ओली नेतृत्व र केन्द्रमा निर्मला शर्माले नेतृत्व गरेको प्रगतिशिल समावेशी राष्ट्रियताप्रति प्रतिबद्ध व्यवसायिक पत्रकाहरुको सयुक्त टिमलाई विजय गराउने निर्णय भएको प्रेस चौतारी नेपाल दार्चुला शाखाका अध्यक्ष नरेन्द्र कार्कीले जानकारी दिए। आइतबार प्रेस चौतारी नेपाल दार्चुलाको तर्फबाट कृष्ण सिह धामी अध्यक्ष सन्तोष कोट्यारी उपाध्यक्ष बिमला धामी महिला उपाध्यक्ष गगन सिह विष्ट सचिव लोकेन्द्र प्रसाद जोशी सहसचिव इश्वरी बुढाथोकी सहसचिव समावेशी तथा राम सिह धामी कोषाध्यक्ष बनाउने निर्णय पारीत भएको प्रेस चौतारी दार्चुलाका अध्यक्ष कार्कीले जानकारी दिए।

यस्तै रमेश सिह खत्री सदस्य,मान सिह कुवर सदस्य,उद्धप सिह धामी सदस्य जनक राज भट्ट सदस्य श्याम सिह सामन्त सदस्य निरज सिह धामी सदस्य विरा दत्त भट्ट सदस्य तथा पुस्ष्करराम लोहार दलित सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै पदम सिह बडाल परिषदमा हिरा सिह धामी, सदस्यमा इन्द्र् सिह साउद केशब दत्त भट्ट भोज राज जोशी कमल राजजोशीलाई सदस्यमा मनोमयन गर्ने निर्णय भएको छ। यस्तै प्रदेशमा गोर्कण मिश्र परिषदमा शेरबहादुर विष्ट सदस्यहरुमा विरेन्द्र महरा भोज राज पन्त मिन बहादुर धामी आन सिह बडाल लक्ष्मण सिह धामी तथा मनोरथ प्रसाद बडु प्रदेश सदस्यका लागि मनोनय भएका छन।

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार हुन निर्वाचन हुन लागेको छ। उम्मेदवारी दर्ता फरक–फरक दिन भए पनि निर्वाचन भने संघीय, प्रदेश र जिल्लाको एकै दिन हुनेछ। निर्वाचन चैत्र २५ गते विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।