सुदुरपश्चिम टाइगरको उपाधी अधिकारीलाई

0

कैलाली– सुदुरपश्चिम टाइगरको उपाधी चन्द्र अधिकारीले पाएका छ्न । बझाङ्ग बित्थडचिरका १८ वर्षिय अधिकारीले उपाधी हात पारेका हुन् ।

पन्ध्रौं राष्ट्रिय किसिपिडी बुदो कैदो फुलकन्ट्याक्ट कँराते प्रतियोगिता गुर्जुधारा काठमाडौमा भएको प्रतियोगितामा पुरुष समुहबाट बझाङ्गका चन्द्र अधिकारी प्रथम , कपिल खडायत द्वितीय , रुद्र बिष्ट तृतिय र योगेन्द्र मल्ल सान्त्वना पुरस्कारबाट सम्मानित भएका छन।

सोही प्रतियोगितामा महिला समुहबाट बझाङ्गकै उषा रावल प्रथम भएकी छन्।

नेपालका ४ वटा प्रदेशबाट करिब १८० जनाको सहभागीता रहेको उक्त प्रतियोगितामा सबैभन्दा उत्कृष्ट नतिजा हात पार्ने बझाङ्ग जिल्लाकै रहेका बझाङ्ग जिल्ला सेकेन्ड डन र सुदुरपश्चिम टाइगर उपाधिका गुरु योगेन्द्र बोहाराले बताए ।