सामाजिक सञ्जालको सही सदुपयोग, नेकपा एमाले बझाङ्ग अध्यक्ष ओखेडाले २५ बर्षपछि विछोडिएको परिवारसँग भेट गराए!

0

कैलाली-‘‘बिछोड को पीडा मिलनको माया ’’ ‘‘खुसिमा हाँसो दुःखमा घाम छाया’’ बाजुरा जिल्लाको साविकको दोगडी हाल खप्तड छेडेदह गाउँपालिकामा विस २०१२ सालमा जन्मिएका नरभान्या चदारा हाल कञ्चनपुर दोधारा–चाँदनी नगरपालिका–९मा बस्दै आएका छन्। नरभान्या चदाराका तीन छोरा, दुई छोरी नाति नातिना गरि १३ जनाको जहान परिवार छ। चदारा को परिवार मेरो सानी आमा हुनु हुन्छ।

मेरो अंकल नाता पर्नु हुन्छ। मेरो आमाको चार वटा भाइ, दुईटा बहिनी मध्य सबैको मृत्यु भई सकेको र सानी आमा झुमा मात्र जिबित छन्। म आमा को मायाले भेटघाटमा दोधारा चाँदनी आवत जावत गरि रहन्थे।अंकल नरभान्या चदारा ३ बर्षको हुँदा उहाँका बुवा लालु चदाराले आमा कौसि चदारालाई बैनी सुर्जा चदारा जन्मेको ९ दिनको सुत्केरी छोडेर गंगा बिकलाई विवाह गरि हामीलाई अलपत्र छोडेर मन्सुरि गएका हुन् भन्नु हुन्छ।’

कौसी चदारालाई दोगडीमा खान बस्न निकै गाह्रो भएपछि बैनी सुर्जा र आफुलाई लिएर बझाङको मोतुवा आई बसेको ओखेडालाई नरभान्याले भने। आफु ८÷९ बर्षको हुँदा मोतुवाको भुवो पडेस गएको र आफ्नो घरमा बसेको समेत उनी बताउ छन्। नरभान्या चदारा, आमा कौसी र बैनी सुर्जा मोतुवामा बसिरहेकै बेला २०२२ साल तिर आफु दश बर्षको हुँदा नरभान्याका काका रीनारी चदाराले आफुलाई आमा र बैनीबाट छुट्याएर मन्सुरी लिनु त्यसै दिनबाट हाम्रो बिछोड भयो भनेर नरभान्याले ओखेडालाई सुनाए।

मन्सुरीमा बुवाले ‘चेलो आनी तेरी बौजु र छोरी पन लिएर आय हुन्थ्यो नी?’ भनेर काका रिनारी चदारासंग झगडा गरेको नरभान्यालाई अहिले पनि याद छ। हामी एक अर्काको मा आमा र बहिनी छुटीयौं, नरभान्याले भने, ‘त्यसपछि आमा र बहिनीसँग भेट भएन।’ नरभान्या की आमा कौसी चदाराकी दिदी भिणि चदाराले करिव २५ सालमा बहिनी लाई तराई जाउँला म दोगडीबाट आउन्छु तिमी बझाङ्गको कालुखेति आउनु त्यही भेटौं भनेको खबरको भरमा कालुखेति छोडिन कौसी र सुर्जाले। तर दिदी भिणि चदारा भने डोगडीबाट कालुखेति नआएर डोटीबाट तराई पुगेको जानकारी नरभान्यालाई रहेछ।

ऋामा कौसी र बहिनी सुर्जा दिदी गंगासंग भेट हुने आसामा कालुखेतिबाट दुई दिन हिडेर बागथला भैंसे ओढारमा पुगेछन्। दिदी भिणि चदारा नआएपछि त्यही एउटा ओढारमा सात दिन बसिन्। कौसि र सुर्जा सातदिन पछि सन्सुका मान्छे ले किन ओढारमा बसेको हाम्रो गाउँमा जाउँ भनेपछि निरास भएर भोकभोकै बझाङ्गको सन्सुको गाउँमा गईन्। आमा कौसी र छोरी सुर्जा दुबै जना गाउँमा काम गर्दै मागेर खाने गरिन्।

सुर्जाको उमेर बढेपछि सुनकुणा भारुभेडाका संग्राम ओखेडासंग बिवाह भयो। एक ताका बाजुराका मान्छे बागथला हुँदै आउने क्रममा बाजुराका भनेपछि सुर्जाले मेरो माईत पनि बाजुरा दोगडी हो भन्थिन। आमाले दाजु नरभान्या हुन काँ छन काँ छन। आमा सन्सु छन मेरो घर सुनकुणा हो भनेको खबर बाजुरा का मान्छेले नरभान्यालाइ भनेको रहेछ । बर्षो बिते बहिनी र दाजुको भेटघाट भएन। भाइ बैनी र आमाको माया बिछोडको पीडा पालेर बसेका रहेछन नरभान्या चदारा। २०७५ सालमा म दोधारा गयको बेला नरभान्या अंकलले बच्पनका सबै आफ्ना कथा बेथा साथै आमा र बैनीसंग बिछोडको कथा मलाई भन्नू भयो।म साह्रै भावुक बने।मैले खोज्ने वचन बद्धता गरे।

सैन्सुमा गोरख भण्डारी ,रमेश भण्डारी ,धन बहादुर मल्ल लगायत धेरैलाई सोधे। सबैले बाजुराल्नी र छोरी थिई हाम्रै घरमा मागेर खान्थिन। छोरीले बिवाह गरेर गएपछि बड्डि यतै थिई। प्छि मृत्यु भयो। छोरीको बिवाह कता भयो ? कता थाहा छैन भन्यो। बझाङ्गको रेडियो केदारबाट सात दिनसम्म पत्रकार प्रताप ओलीलाई नामेसी हालेर बजाउन लगायो। तर पनि पत्ता लागेन। बझाङ्गको बुंगलका धेरै ठाउमा सोधे कसैले थाहा छैन भने। त्यही खबर भाइ ईन्द्र नरभान्याका छोरालाई रिले गरे। चैत्र १४ गते भेटघाटको लागि दोधारा गए।

फेरि अंकलले स्मरण गराउनु भयो मेरो बैनीको पत्ता लागेन है बाबू भन्नू भयो।मैले यतातिर लागेन अंकल धेरै खोजे भने। अर्काे तिर मलाई पहिला खोजेका पात्र सबै गैर दलित भए। सन्सुका बुढापाका दलितलाई सोधे थाहा छ कि भन्ने मनमा उब्जियो र तुरुन्त रमेश भण्डारीलाई फोन गरे कोही सन्सुमा दलितको बुढोपाको छन भने नम्बर दिन आग्रह गरे। म काठमाडौ छु धन्या बिक हुनु हुन्छ। लाल बहादुर विकका बुवा। तपाईकै कमरेड जीवन भण्डारीलाई तुरुन्त फोन गर्न लगाउन्छु भने। जिवन कमरेडको तुरुन्त फोन आयो मलाई। मैले धन्या बड्डासंग कुरा गराउन सकिन्छ भने सोधे। उहाँले भोली बिहान भन्नू भयो। ।आज बिहान जिवनले धन्याका छोरा लाल बहादुर बिक कहाँ गएर फोन गरायो।

मैले सबै कुरा भने कौसि र सुर्जाको बारेमा केही थाहा छ भनेर सोध। बुढा कम सुन्ने रहेछन। कुरा क्लियर भएन। मैले लालबहादुरलाई सबै बेलिबिस्तार गरेर बुवालाई सोध्न लगाए। धन्या बिकले लालबहादुरसंग सवै कुरा भने छन्। बाजुराल्नी त कहिलै मरी सुर्जाको बिवाह बझाङ्गको भारुभेडा मा भएको छ। उस्का बुवाको नाम संग्राम आखेडा हो भन्ने सम्म खबर पाए। ढुंगा खोज्दा देवता मिले जस्तै भयो मलाई। यति कुरा होउन्जेल म दोधारा छोडेर धनगढीको यात्रामा आई सकेको थियो। मैले तुरुन्त सुनकुणाका गणेश बिकलाई फोन गरे मलाई भारुभेणाका कसैको नम्बर चाहियो भने।गणेशले मोहन ओखेडाको नम्मर दियो।

मैले मोहनलाई तुरुन्त फोन लगाए। मोहनले फोन उठायो। मैले म अफिलाल ओखेडा बोलेको चिन्नु हुन्छ भन्दा चिन्छु तपाईं लाई भने। मैल संग्राम ओखेडा चिन्नु हुन्छ भने।मेरो अंकल हुन भने। अनि उहाँको मेडमको नाम के हो? भनेर सोधे सुर्जा हो भने। अनि मैले फोन दिन सकिन्छ भन्दा पाँच मिनेटमा म कुरा गराउन्छु भन्यो। तीन मिनेट मै मोहनले फोन गर्नु भनेर संग्राम ओखेडासंग फोन गरायो। मैले भने तपाईको परिवारको माईत कता भनेर सोधे।

बज्वाबगर भन्नू भयो। मैले सबै नाली बेली तपाईको बुढीसंग भन्छु फोन दिनु भनेर भने फोन दिनु भयो।मैले भने तपाईको आमाको नाम सोधे कौसि भनिन। तपाईको नाम सुर्जा हो। अनि दाइ नरभान्या हुन मलाई सम्झना कम छ भन्यो। मैले तपाईको दाजु मेरो सानी आमाको श्रीमान् हुन। दोधारा बस्छन तपाईलाइ खोजी राखेका छन भने पछि उत्साहित भएर सोध्नभयो, के छ दाजुको समाचार भाउजू के छ,भदु भदाया कति छन? भनेर भनिन ।मैले सबै भने।फोन काटे अनि संग्राम ओखेडाको नम्बर मागेर भाई ईन्द्रलाई दिए।

अनि मोहन लाई मेरो फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउ र सुर्जा र संग्रामको फोटो पठाउन भने।मोहेन र म जोडियौ तुरुन्त मोहन भाईले सुर्जा र संग्राम ओखेडाको फोटो पठायौं। मैले नरभान्या अंकलको छोरा ईन्द्र भाइ लाई फोटो पठाई दिए। ईन्द्रबाट अंकलका फोटो मागे र मोहनलाई पठाई दिए। दाजुबहिनी को बीचमा दोहोरो सम्बाद भयो। रुवाबासी भएर छिट्टै भेटघाट गर्ने सम्बाद भयो। भाइ ईन्द्रले भन्यो।सुर्जा बाट एक छोरा पाँच छोरी सबैको बिवाह भइ सकेको छ।

लेखकः नेकपा एमाले बझाङ अध्यक्ष अफिलाल ओखेडा हुन्।