गोदावरीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सुरु

0

कैलाली-कैलालीको गोदावरीमा प्रथम गोदावरी मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको वडा नम्बर १० मा सुरु भएको प्रतियोगीताको शुक्रबार एक कार्यक्रमका बिच नगरप्रमुख हरी सिं साउँदले उद्घाटन गर्नु भएको हो । मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख साउँदले मानिसलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ्य रहनका लागि खेलकुद अनिवार्य भएको बताए।

उनले केहि समय यता युवाहरुको खेलकुदमा आकर्षण बढेको प्रति खुसी व्यक्ता गर्दै विश्वमा अधिकंश राष्ट्रहरुले खेलकुदको माध्यबाट आफनो परिचय बनाउनाका साथै राष्ट्रलाई चिनाएको उल्लेख गरे ।

प्रतियोगितामा विजेता टिमलाई ९९ हजार ९ सय ९९ र उपबिजेता टिमलाई ४९ हजार ९ सय ९९ सहित ट्रफि, प्रमाण पत्र र मेडल प्रदान गरिने छ भने उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र सर्बोत्कृष्ट खेलाडीलाई नगद २ हजार १ सयका दरले पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई मेडल सहित ५ सय र प्रतियोगिता भर अनुसाशीत खेल प्रदर्शन गर्ने टिमलाई फेयर प्ले पुरस्कार स्वरुप ४ हजार ९ सय ९९ प्रदान गरिने उक्त प्रतियोगिताको समापन बैसाख २ गते हुने अयोजकले जनाईएको छ ।