सशस्त्रको स्टाफ तथा कमाण्ड तालिमका लागि पास हुने यी हुन् १० अधिकारी

0

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ) का १० अधिकारीले स्टाफ तथा कमाण्ड कलेजको छनौट परीक्षाको लिखित पास गरेका छन्। हालै लिइएको परिक्षामा सशस्त्र प्रहरी बलका ३७ अधिकारीहरु परिक्षामा सहभागी भएकोमा १० जनामात्र उत्तीर्ण भएका छन्। उत्तीर्ण १० मध्ये २ जना कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रहेका छन् भने ८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रहेका छन्।

पास हुनेमा कामु एसएसपीद्वय मनीष थापा र कृष्ण ढकाल छन् भने डीएसपीहरुमा सुरेश गैरे, दलबहादुर पाण्डे, जनक सापकोटा, मोहनबहादुर क्षेत्री, प्रमोद कुमार भारतीय, राधेश्याम धिमाल, सन्तोष बहादुर सिंह र चेतराज जोशी छन्। उक्त नतिजाअनुसार डीएसपी सुरेश गैरेले पहिलो नम्बरमा नाम निकालेका छन्।

लिखित उत्तीर्ण परिक्षार्थीहरुको आगामी साता प्रयोगात्मक र अन्तर्वार्ताको परिक्षा हुने त्रिभुवन विश्वविद्यालय स्रोतले जनाएको छ।