चरन अभावले दार्चुलामा भेडापालन व्यवसाय संकटमा, सरकारले ल्यायो भेडा सुधार कार्यक्रम

0

ललित सामन्त,दार्चुला-जिल्लामा चरन अभावका कारण भेडापालन व्यवसाय संकटमा गर्दै गएपछि अपि र व्यासमा भेडासुधार कार्यक्रम संचालन हुने भएको छ। दुई वटा अपी र व्यास गाउपालिकामा व्यवसायिक रूपमा गरिँदै आएको भेडापालन व्यवसाय पछिल्लो समय चरन अभावले संकटमा पर्दै आएको हो।

गाउँमा आवश्यक चरनको अभाव भएपछि भेडा व्यवसाय संकटमा पर्दै गएको भेडापालन गर्ने व्यक्तिले बताएका छन।चरन क्षेत्रमा मानवीय अतिक्रमण बढ्न थालेपछि समस्या भएको गुनासो आउन थालेपछि पछिल्लो समय जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा पशुविकास कार्यक्रम अन्तर्गत भेडापालन सुधार कार्यक्रम सञ्चालन गरिन लागेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका पशु सेवा प्राविधिक कबिराज धामीले जानकारी दिए।

पशुसेवा प्राविधिक धामीका अनुसार यि दुई स्थानीय तहमा भेडापालन कार्यक्रममा लागि संघ प्रदेश स्थानीय तहको सहकार्यमा झण्डै ३० लाख रुपैँया बजेट विनियोजन गरिएको छ।

पछिल्लो समय स्थानीय तहले गाउँपालिकामा भेडापालन कार्यक्रम सञ्चालन गर्नका लागि ठाउँ छनौट गर्ने काम भइरहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाले जनाएको छ। पछिल्लो समय जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा पालिदै आएको भेडाबाट ऊन र मासुका लागि राम्रो मानिदै आएको छ ।

ऊनबाट कम्मल, वोद्लो र थैलालगायत सामग्री बुनेर यस क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको भएपनि आधुनिकतासगैं बजार माग घटेको र चरण समेत कम भएकाले भेडा पालन संकटमा पर्न थालेको यसलाई निरन्तरता दिनका लागि दुई स्थानीय तहमा भेडा सुधार कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ।

पछिल्लो पुस्तामा भेडापालनप्रति रुची छैन,’ ‘गाउँमा भेडा चराउन लाज मान्ने तर विदेशमा त्यही काम गर्छन्।’ भेडापालक किसानलाई प्रोत्साहित गर्न स्थानीय सरकारले आवश्यक नीति र चरन क्षेत्रको व्यवस्था गर्नुपर्ने किसानहरूको माग छ।दार्चुलामा प्रत्येक वर्ष भेडाको संख्यामा घट्दै गएको छ। चरिचरनको अभाव र मौसमी वातावरणले साथ नदिदा तराईमधेसमा पाइने भेडा दार्चुलामा लोपोन्मुख अवस्थामा पुगेको किसानहरुले बताएका छन्।

जिल्लाको हिमाली क्षेत्र व्यास अपि हिमाल नौगाड मार्मा दुहुँ गाउँपालिकामा लामो समयदेखि पालन हुदै आएको भेडा केहीवर्ष यता निरन्तर रुपमा घट्दै गएको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांक रहेको छ।

भेडालाई सिमित चरन क्षेत्रले नहुने भएकाले चराउनका लागि गाउँ बाहिर र कहिलेकाही जिल्ला बाहिर समेत जानुपर्ने भएकाले भेडापालन संकटमा परेको हो। भेडाले मल, कम्बल बनाउने रौ, घिउ समेत दिने भएकाले भेडा पालन साविकमा आकर्षणको केन्द्र रहेकोमा पछिल्लो समय भेडाप्रतिको आकर्षण घट्दै गएको भेडा पाल्दै आएका व्यवसायिहरुले बताएका छन ।