पत्रकार योगीको शब्दमा भीम बिसीको ‘ऐना हेरी हेरी’ सार्वजनिक

0

कैलाली-संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत दिएका छन्। गीतमा आवाज पछिल्लो समयकी चर्चित गयीका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ।

उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन भट्टले गरेका हुन्। गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेको भिडियोमा गायिका एलिना र बिसी आफैले अभिनय गरेका छन्। गीतको भिडियोमा सरोज बुढाथोकीको श्रृङ्गार र कुशुम श्रेष्ठको पहिरन छ।

सहायक निर्देशक सागरबाबु भट्ट रहेको गीत गायक बीसीले आफ्नै अफिसियल युटुब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरेका हुन्।