कोरोनाको असर शिवरात्रीमाः कैलालीको गोदावरी धाममा भारतबाट आउने बाबा देखिएनन्

0

कैलाली- शिवरात्रीको अवसरमा कैलालीको गोदावरी धाममा पनि विभिन्न कार्यक्रम हुने गरेका छन। नेपाल लगायत भारतका विभिन्न ठाउँबाट बाबा आउने गथेँ तर कोरोना कहरका कारण गोदावरीमा भने भारतबाट आउने बाबाको उपस्थिति देखिए।

विगतका बर्षहरुमा शिवरात्री शुरु हुनु भन्दा २/३ दिन अगाडी भारतीय बाबा आउने गरेकोमा यो बर्ष भने एक जना पनि नआएको गोदावरी सन्यास आश्रमका महन्त तुलसी गिरीले बताए। उनले बितगका बर्षहरुमा २५ देखि ३० जनाको संख्यामा भारतबाट बाबाहरु आउने गरेकोमा यस बर्ष एक जना पनि नआएको बताए ।

‘भारतबाट बाबा र भक्तजनहरु आउने गर्दथे। तर, यस बर्ष कोरोनाका कारण होला कोहि पनि आएका छैनन्’ उनले भने ‘भारतबाट ३÷४ हजार भक्तजन र बाबाहरु आउने गर्दथे। बाबाहरु पनि २५/३० जना आउने गर्थे यो बर्ष एक जना पनि आएनन्।’हाल गोदावरीमा नेपालका १२ जना साधुबाबाहरु रहेका छन।