प्रधानसेनापतिलाई भूपु सैनिकको खुला-पत्रः कि त ४ को अंक परिमार्जन गरि पाउ, कि त पुरै निष्कृय गरि पाउ !

0

श्रीमान प्रधानसेनापति ज्यु कि त ४ को अंक परिमार्जन गरि पाउ
कि त ४ को अंक पुरै निष्कृय गरि पाउ………

श्रीमान प्रधानसेनापति पुर्णचन्द्र थापा ज्यु मा म भुपु सैनिक जय बहादुर ठगुन्नाको तर्फ बाट सैनिक सालामी अभिवादन सर।प्रधानसेनापति ज्यु आज हजुरलाई सम्बोधन गरेर पत्र लेख्नुको कारण यो छ कि श्रीमान ? यो भन्दा पहिला देश बर्बाद हुन लाग्यो विदेशीले प्रयोग गरेर दलाल नेता र राजनीति पार्टीका निकम्मा हिजडाहरुले राष्ट्रको सान मान स्वाभिमान र राष्ट्रको धर्म सस्कृति सस्कार र परम्परा नै ध्वस्त पारेर नेपाललाई सिरीया सुडान लेवनान युगाण्डा र रुवाण्डाको बाटोमा लग्दै छन।

नेपाली जनता सेना आउ सत्ता लैजाउ राष्ट्र र राष्ट्रको धर्म सस्कृति सस्कार परम्परालाई बचाउ भन्दै सडकमा आउदै छन। तर पनि नेपाली जनताले खाने गास कटेर तिरेको कर बाट पालेका नेपाली सेना ब्यारेकमा के गर्दै छनरु भन्ने पत्र लेख्दै आएको थिए श्रीमान। तर आज म मेरो व्यक्तिगत र सम्पुर्ण भुपु सैनिकहरुको हकमा श्रीमानलाई सम्बोधन गरि पत्र लेख्ने दुस्साहस गर्दै छु श्रीमान।श्रीमान प्रधानसेनापति ज्यु म तत्कालिन शाही नेपाली सेना बाट २०५६ साल जेष्ठ १ गते बाट लागु हुने गरि पेन्सनमा अवकास प्राप्त भु पु सैनिक जय बहादुर ठगुन्ना हुं श्रीमान।

मैले २०५६ साल जेष्ठ महिना बाट सैनिक कल्याणकारी कोष बाट पाउने मासिक रु ४ सय पाउदै आएको सर्ब बिदितै छ श्रीमान। आज मैले पेन्सन मात्र भुक्तानि लिन लागेको २२ बर्ष पुग्दै गर्दा पनि कल्याणकारी कोष बाट पाउने रकम रु ४ सयमा मात्रै कायम छ श्रीमान। यति मात्र काहां हो र श्रीमान हिजो चप्पलमा काठमाण्डौ प्रवेश गरेका राजनीति गर्ने नेता तथा कार्यकर्ताहरुले काठमाण्डौ मा महल खडा गरेका छन। तर कल्याणकारी कोष बाट पाउने रकम ४ सयमा मात्रै कायम छ श्रीमान। श्रीमान हजुर तत्कालिन शाही नेपाली सेना हुंदै नेपाली सेनाको प्रधानसेनापति पदमा पुग्दा झण्डै ४० बर्ष पुरा हुदै छ। तर कल्याणकारी कोष बाट पाउने रकम ४ सयमा मात्रै कायम छ श्रीमान।

३ रु किलो नुन को प्याकेट आज रु २२ पुगेको छ। तर कल्याणकारी कोषको रकम ४ सयमा मात्रै कायम छ श्रीमान। ७ हजार तोलाको सुन आज ९० हजार पुग्दै छ। तर कल्याणकारीको करम ४ सयमा मात्रै कायम छ श्रीमान। छोरा जन्मिदा लागु भएको कल्याणकारी कोष आज नाती नर्ससी पढदै गर्दा पनि कल्याणकारी कोष ४ सयमा मात्रै कायम छ श्रीमान। उहिल १२ मिनेटमा २ माइल पास गर्दा लागु भएको भत्ता आज भऱ्याङ उक्लिदा १२ खुटकिलामा बस्दै भऱ्याङ चढनु पर्छ।

तर पनि भत्ता ४ सयमा मात्रै कायम छ श्रीमान। शान्ति सेना मिसन ६ महिना बाट १ बर्ष भयो ३ लाख ल्याउनेले १८ लाख ल्याउने भए तर भत्ता ४ सयमा मात्रै कायम छ श्रीमान। २५ हजार सेनाको नर्फि हुदा लागु भएको भत्ता आज सेनाको नर्फि १ लाख पुग्यो तर भत्ता ४ सयमा मात्रै कायम छ श्रीमान। ४ हजार आनाको जग्गा ४० लाख पुग्यो तर भत्ता ४ सयमा मात्रै कायम छ श्रीमान। प्रियङका जस्ती मेरी श्रीमती हिसिला यमी जस्ती भइन तर भत्ता ४ सयमा मात्रै कायम छ श्रीमान। देव लोक जस्तो हाम्रो देश थियो तर आज दानहरुको बस्तीमा परिवर्तन भयो तर भत्ता उहिलेकै ४ सयमा मात्रै सिमित छ श्रीमान।हिजो राजाका पालामा भ्रष्टाचार गर्ने प्रहरीका आइजीपी डीबी लामा हरु र सेनाका कर्नेल भरत गुरुङ हरु जेल जान्थ्ये तर आज अख्तियारका प्रमुख दिप बस्नेतहरुको न्यमिभल त्यष्भित छ। तर हामी भु पु सैनिकहरुले कल्याणकारी कोष बाट पाउने भत्ता करम ४ सयमा मात्रै सिमित छ श्रीमान।त्यसैले आज श्रीमान प्रधानसेनापति ज्यु मा यो विनम्र निवेदन सहितको पत्र सामाजिक संजाल द्वारा पेश गर्दै छु कि ?

श्रीमान प्रधानसेनापति ज्यु बाट कि त ? ४ सय भत्ता बाट परिमार्जन गरि बृद्धि गरि पाउ श्रीमान।कि त ४ सय भत्तालाई निष्कृय गरि पाउ श्रीमान। श्रीमान प्रधानसेनापति ज्युको जो निगाह।सम्पुर्ण भुपु सैनिक हरुको हकमा।

निवेदक

भुपु नेपाली सजय बहादुर ठगुन्ना
बर्दिया जिल्ला ठाकुरबाबा नपा-१
हाल गुजरात भारत।