एकाबिहानै सूर्य थापाले प्रचण्ड-माधव समूहबाट एमालेमा आउनेलाई दिए अपराधिको संज्ञा, माधव नेपाललाई तनावमाथि झन तनाव

0

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड-माधव समूहबाट ओली नेतृत्वको एमालेमा आउनेहरुलाई अपराधीको संज्ञा दिएका छन्।प्रचण्ड-माधव समूहबाट ओली अध्यक्ष रहेको एमालेमा नै फर्किने निर्णय गरेका माधवकुमार नेपाल‚ झलनाथ खनालहरुलाई थापाले अपराधीको संज्ञा दिएका हुन्।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई पार्टीको सदस्यबाट समेत निष्कासित गर्ने नेपाल(खनालहरु अपराधी भएको दाबी गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‚ ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ।’

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता बदर गरी एकता पूर्वको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेताहरु आफ्नो पुरानो पार्टीमा नै फर्किएका छन्।