कैलालीको गेटामा रहेको के एस कन्ट्रक्सनमा आगलागी

0

कैलाली-जिल्लाको गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के एस कन्ट्रक्सनमा आगलागी भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानबहादुर बिष्टका अनुसार मंगलबार विहान ५ बजे अचानक आगलागी भएको हो। आगलागीबाट टायर, मोबिल ब्याट्रीलगायतका गाडीका सामग्री जलेर नष्ट भएका छन्।

कन्ट्रक्सन के कति क्षति भएको छ भन्ने बारे एकिन हुन नसकेको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका र गोदवारी नगरपालिकाको दमकम, प्रहरी र स्थानीयको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ।