धनगढी उप-महानगरपालिका-१५ मा सांस्कृतिक, खेलकुद तथा कृषि प्रदर्शनी मेला सुरु

0

कैलाली-धनगढी उपमहानगरपालिका – १५ सुमीगाउँमा सांस्कृतिक, खेलकुद तथा कृषि प्रदर्शनी मेला सोमवारदेखि सुरु भएको छ। कृषि तथा खेलकुदलाई प्रवद्र्धन गर्ने उदेश्यले शिवकाली सांस्कृतिक पर्यटन विकास समितिको आयोजनामा मेला सुरु भएको हो। मेलाको एक समारोहकाबीच धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेका छन्।

उद्घाटनका क्रममा यस्ता मेला महोत्सवले धर्म, संस्कृति, कला र रहनसहनको जर्गेना गर्ने बताए। उनले प्रदर्शनीले स्थानीयस्तरमा उत्पादन भएका बस्तुको प्रचार प्रसार हुन सहयोग पुग्ने बताए। मेलामा थारु समुदायले आफ्ना विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। मेलाको उद्घाटन पूर्व बेली पुलबाट बाजासहितको र्याली मेला स्थल पुगेको थियो। मेलामा विद्यार्थी, किसान, जनप्रतिनीधि लगायतको सहभागिता रहेको थियो। मेला फागुन २८ गतेसम्म सञ्चालन हुने छ।