कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निर्देशनमा जिल्लाका विभिन्न २१ स्थानमा जनचेतना मुलक होडिङ बोर्ड लगाइएको छ। दुर्घटना हुनु भन्दा पृर्वनै साबधान अपनाउन बेस हुन्छ भन्ने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना मुलक होडिङ बोर्ड लगाएको हो।

कुनै पनि आपराधिक घटना घटिहाले प्रहरीलाई तुरुन्त खबर प्राप्त होस् जसबाट घटनाको छिटो भन्दा छिटो प्रतिकार गर्न सकोयोस् भन्ने अभिप्रायले ईलाका प्रहरी कार्यालयको कार्य क्षेत्र भित्र लागु औषध, महिला बालबालिका सम्बन्धी अपराध, ट्राफिक सचेतना, घरेलु हिंसा, साईबर अपराध लगायतका बिषयमा बिभिन्न २१ वटा स्थानमा जनचेतना र सन्देश मुलक होडिङ बोर्डहरुको जडान कार्य सम्पन्न गरियोको प्रहरी प्रमुख प्रहरी उपरिक्षक उमा प्रशाद चतुर्बेदीले बताए।

उनका अनुसार प्रदेश प्रहरीको आदेमा जिल्ला प्रहरीको कार्यालय कञ्चनपुरको निर्देशन तथा समायोजनमा उक्त कार्य सम्पन भएको हो। उनले भने, ‘कुनै दुर्घटना, घटना भइहाले पनि प्रहरीलाई जनाकारी ढिलो आउने भएकाले जनचेतना र सन्देश मुलक होडिङ बोडहरुको माध्यम बाट समयमै खबर जानकारी मिल्ने र न्युनिकरण सहयोग पुग्ने छ’।