प्रचण्ड-माधव पक्षको बैठकः एमाले-माओवादी छुट्टिने

0

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन्।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले बताए।

नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल समूह अदालतले गरेको फैसलाअनुसार ब्युँतिएको एमालेमा फर्किने तर अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्वि नमान्ने निर्णयमा पुगेको छ।