श्रीमान् बोक्ने दौडमा विष्णु र पदमको जोडी प्रथम

0

तनहुँ-१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकाद्वारा आयोजित श्रीमान् बोक्ने प्रतियोगितामा विष्णु र पदम अधिकारीको जोडी प्रथम भएको छ।

यस्तै प्रतियोगितामा द्वितीय गंगा गुरुङ र नवीन गुरुङको जोडी, तृतीय सीता लामिछाने क्षत्री र बमबहादुर थापा क्षत्रीको जोडी र भरत पोख्रेल र उजेली पन्थ पोख्रेलको जोडी सान्त्वना भएको देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा मगरले जानकारी दिइन्।

प्रतियोगितामा विजेता जोडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा १४ जोडी सहभागी भएका थिए। महिलाहरुको साहसकिता प्रदर्शन गर्न उद्देश्यले श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए। शारीरिक र मानसिक रुपमा महिला र पुरुष समान हुने सन्देश प्रवाह गर्ने उदेश्यले प्रतियोगिता गरिएको उनले बताए।