बाजुरा पार्टी कार्यालयमा नेकपा हटाएर एमालेको बोर्ड लगाईयो

0

बाजुरा-जिल्लामा पुनःस्थापित नेकपा एमाले निकट अनेरास्ववियुका नेता कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका छन्। पार्टी कार्यालयमा टाँसिएको नेपाल कम्यूनिष्ट पार्टीको बोर्ड हटाएर नेकपा एमालेको नयाँ बोर्ड राखिएको विद्यार्थी नेता लक्ष्मण रोकायाले जानकारी दिए ।

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निर्णय गरेपछि देखिएको ‘साइड इफेक्ट’स्वरूप नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको हो ।

अनेरास्ववियुका केन्द्रीय सदस्य डेनिस शाहीको नेतृत्वमा गएको टोलीले नेकपा लेखिएको साइनबोर्ड हटाएर नयाँ टाँसेका छन्। जिल्ला कमिटीको कार्यालय साविक एमालेले मदन भण्डारी पुस्तकालयकै नाममा निर्माण गरेको हो।

एमालेकै पार्टी कार्यालयमा एमालेकै बोर्ड टाँस्नु कुनै नौलो र आश्चर्यको विषय नभएको विद्यार्थीले नेताले बताएका छन्। अदालतको फैसलाको समर्थनमा मार्तडीमा दीप प्रज्वलन गरेको अनेरास्ववियुले दोस्रो दिन पार्टी कार्यालयमा बोर्ड टाँसेको हो।

बोर्ड अनेरास्ववियुका नेता डेनीस शाही, एमाले नेता डबल विक, विद्यार्थी नेता आरसी रोकाया, लक्ष्मण रोकाया, करण रोकाया, शुभराज खड्का, मनोज बोहरा लगायतले टाँसेका हुन्।