महाशिवरात्रीको अवसरमा बेलडाँडीमा साँस्कृतिक महोत्सव, अराज केशवको प्रस्तुती

0

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडीमा महाशिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ। बेलडाँडी गाउँपालिकाको चवन्नी बजार व्यवस्थापन समितिले बेलडाँडी साँस्कृतिक महोत्सव २०७७ को आयोजना गर्ने भएको हो।

आयोजकका अनुसार चवन्नी वजारको खुला मञ्चमा फागुन २७ गते र २८ गते दुई दिन महोत्सव सञ्चालन गरिने छ। महोत्सवमा स्थानीय कलाकारका साथै अराज केशव गिरी, देउडा गायिका रेखा जोशी र चेतन बोहराको प्रस्तुती रहने छ।

महोत्सव सञ्चालनका लागि गाउँपालिकाले पनि सहयोग गर्ने बताइएको छ।