एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित पक्राउ

0

कञ्चनपुर-कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका-१० स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब चार ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ
गरेको छ।पक्राउ पर्नेहरुमा सोही जिल्लाको पुर्नवास नगरपालिका १० बस्ने २५ बर्षिय रेसमान चौधरी र कैलाली जिल्लाको टिकापुर नगरपालिका ३ बस्ने २५ बर्षिय सन्तोष चौधरी छन्।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।से ३ प ७५९२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजहरुको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो।पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।