आए म भागेर: समिक्षा अधिकारी

0

कञ्चनपुर– पछिल्लो समयमा नेपाली गीतसंगितमा छुट्टै पहिचान बनाउन सफल भएकी गायीका समिक्षा अधिकारीको स्वरमा रहेको आए म भागेर बोलको गित सार्वजनिक भएको छ। चर्चित गायिका अधिकारी र घनश्याम डागीको स्वरमा रहेको गीतमा मधुसुधन डागीको शब्द रहेको छ।

उक्त लोकदोहरी गीतमा बिक्रम चौहान निर्देशनमा निर्माण भएको गितमा सबैको मनमा बस्न सफल भएकी मोडल अञ्जली अधिकारी र राजेन्द्र बुडाले अभिनय गरेका छन्। साथै छायांकन प्रकाश खड्काको गरेका छन् भने मिलन बिकले सम्पादन गरेका हुन्।

टप म्युजिक क्रेसन नामको युट्युव च्यानलबाट सार्वजनिक भएको गित दर्शकको माझमा चर्चा पाउने विश्वास गरिएको छ। लोकदोहरी क्षेत्रमा फरक किसिमको प्रस्तृती भएकाले पनि यस गीतले बजार पाउने मधुसुधन डागीले विश्वाश व्यक्त गरे। ११ मिनेट अवधीको गीतमा सुरुमा केही मिनेट संवाद रहेको छ भने बाँकी दोहरी गीत रहेको छ।

भिडियो हेर्नका लागि ।