प्रधानमन्त्री कप महिला भलिबल : नेपाल पुलिस क्लब विजयी

0

नेपालगन्ज-सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।

नेपालगञ्ज रंगशालाको कबर्ड हलमा शुक्रबार भएको खेलमा पुलिसले न्युडाइमन्ड एकेडेमीमाथि ३–२ सेटको रोमाञ्चक जित हात पारेको हो।

पुलिसले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दा निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २८–२६ ले गुमाएको थियो।

तेस्रो सेटमा पुलिस २५–१९ ले विजयी हुँदा चौथो सेट न्यु डाइमन्डले २५–१७ ले आफ्नो पक्षमा पारेपछि खेलको निर्णय पाँचौँ तथा अन्तिम सेटबाट भएको हो । पुलिसले पाँचौँ सेटमा १५–८ को जित हात पार्यो।