राष्ट्रपति रनिङ शिल्ड छनाेट प्रतियोगिता अछामको चौरपाटीमा सुरु

0

अछाम-स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ अछामको चौरपाटी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनाेट प्रतियोगिता आजबाट सुरु भएको छ।

चौरपाटी गाउँपालिका सामाजिक विकास समिति संयोजक राम बहादुर साउँदको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद रहेका थिए।प्रमुख अतिथि साउदले प्रतियोगिता हार र जित नभई मित्रता बढाउन र विद्यार्थीहरुको लुकेर रहेका प्रतिभा देखाउने उद्वेश्यले खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताए।

गाउँपालिका अध्यक्ष साउदले खेलकुदमा उत्कृट खेल प्रदर्शन गर्ने खेलाडीलाई जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागी गराउने बताए।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दौड छात्रछात्रा एक सय, २ सय,४ सय,८ सय, १५ सय र ३ हजार मिटरका खेल खेलाईने छ।यस्तै प्रतियोगितामा छात्रछात्रा भलिवल, ज्याभ्लिन थ्रो, हाईजम्प, त्रिपलजम्प,लङजम्प र कवड्डि खेल खेलाईने आयोजकले जनाएको छ ।

गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, प्रमुख प्रशासकिय अधिकृत धन बहादुर र वडा नं ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक राम बहादुर साउदले भलिबल कोल्डमा वल प्रवेश गराएर खेलकुद प्रतियोगिताको उद्घाटन गरे।

चौरपाटी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख बुद्वि सिंह सुनारले राखेका थिए।प्रतियोगिता फागुन २३ गतेसम्म सञ्चालन हुने छ।