कञ्चनपुरको पुनर्वासमा प्रथम जनजागरण भ्यु पार्क कप क्रीकेट प्रतियोगिता सञ्चालन हुने

0

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर ८ क गाउँमा प्रगति युवा क्लबको आयोजनामा प्रथम जनजागरण भ्यु पार्क कप क्रीकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।

खेलकुद क्षेत्रको हवको रूपमा स्थापित हुदै गएको पुनर्वासमा फुटबल प्रतियोगिता, भलिबल प्रतियोगितादेखि क्रीकेटको उर्वरा भुमिकारुपमा परिचित गराउनका साथै जनजागरण सामुदायिक वन भित्र निर्माणाधीन भ्यु पार्क तथा स्विमिङ्ग पुलको प्रचारप्रसार तथा आन्तरिक पर्यटन पर्वद्धन गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता सञ्चालन हुन गइरहेको आयोजकले जनाएको छ।

विहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले बागिश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने बताएको छ। प्रतियोगितामा सुरुमा १५ ओभरको खेल हुनेछ भने सेमि फाईनल र फाईनल खेल २० ओभरको हुनेछ।

सहभागी टिमलाई फागुन २२ गते देखि चैत्र ३ गते सम्म टिम दर्ता खुल्ला रहेको र प्रती टिम दर्ता शुल्क ३ हजार ५ सय राखिएको क्लबका सचिब सुरेश सिंह ठकुरीले जानकारी दिए।

प्रतियोगिता लिक कम नकाउटको आधारमा दुई समुह विभाजन गरी चैत ५ देखि संचालन हुने जनाइएको छ। प्रतियोगितामा कञ्चनपुर, कैलालीलगायत छिमेकी राष्ट्र भारतबाट पनि खेलाडीहरूको सहभागिता रहने प्रगति युवा कलवका अध्यक्ष लाल प्रसाद घिमिरेले जानकारी दिए।

प्रतियोगिताको विजेता टिमले ५१ हजार र उपविजेता टिमले ३१ हजार सहित मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन्। जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।