तोलामा एक हजारले घट्यो सुन

0

काठमाडौ– स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै एक हजारले ओरालो लागेको छ। तोलामा ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको छ।

त्यसैगरी बुधबार ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। साथै बुधबार एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ।