कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

0

काठमाडौं- प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बोलाइएको बैठकमा प्रतिनिधिसभामा कुनरुपमा प्रस्तुत हुने भन्नेबारे निष्कर्ष निकालिने कांग्रेसका एक नेताले जानकारी दिए।

पदाधिकारी बैठकपछि संसदीय दलको र केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी छ।संसदीय दलको बैठक शुक्रबारका लागि बोलाइएको छ भने केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ।