विहान प्रशासनका नासुको विदाई गर्दा साँझ आफ्नै हातमा सरुवाको लेटर

0

कैलाली-अछाममा कार्यरत नायव सुव्वा पदम कार्कीको शुक्रवार विहान विदाई गर्दा अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायको साँझ सरुवा भएको छ। विहान जिल्ला प्रशासनमा कार्यरत नासु कार्कीलाई २ थुंगा लालीगुराँस सहित खादा ओढाएर विदाई गरेका थिए भने त्यही साँझ सिडिओ उपाध्यायको धादिङ सरुवा भएको हो।

यस अघि कार्कीले नै जिल्ला प्रशासन कार्यालय अछामको जिमेल आईडी चेक गर्ने गर्थे भने शुक्रवार साँझ सिडिओ उपाध्याय आफैले जिमेल चेकजाँच गर्दा आफ्नै सरुवाको लेटर आएको देखेको सामाजिक सन्जालमा लेखेका छन्।सिडिओ उपाध्यायले कार्कीसँग ११४ दिन काम गर्दा राम्रो भएको र ईमान्दार सुव्वाको रुपमा आफुले चिनेको बताएका छन्।

सरकारले ३१ जिल्लाका सिडियो सहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा गर्दा अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय पनि सरुवाको सुचिमा गरेका हुन्।

उपाध्याय सरुवा भए पछि उनको ठाउँमा जिल्ला प्रशासन कार्यलय धादिङबाट रुद्र बहादुर मल्ल अछाम आउने भएका छन्। उपाध्यायले आफु अछाम आईसके पछि जनताको जिवनमा परीबर्तन आउने खालका कामहरु को सुरुवात गरेका थिए। छाउपडि कुप्रथा अन्त्य तथा पर्यटन प्रबद्धन र नागरीक सचेतना लगाएतका महत्वपूर्ण कामहरु सुरुवात गरेका थिए।

उपाध्याय जिल्ला प्रशासन कार्यालय अछाममा आएको १ सय ९४ दिन पुरा भएको छ। यो अवधि सम्म उनले जिल्लाका बिकट ठाउँहरुमा आफै पुगेर जनता लाई नागरीकता लगाएत अन्य थुप्रै सेवाहरु दिएका थिए। भदौमा अछाम आईसकेपछी उपाध्यायले नागरिकता सचेतना, जिल्लाका १० वटै स्थानिय तहमा पुगेर सेवा प्रवाह कसरी गरिरहेका छन भन्ने बिषयमा सार्वजनिक सुनुवाईको थालनी, प्रत्येक महिना जिल्ला प्रशासन कार्यालयबाट प्रबाह हुने सेवा बारे पत्रकार सम्मेलन गर्ने कार्यको थालनी गरेका थिए।

नियमित कार्यालयको काममा खटिने उपाध्याय शनिबारको दिनमा पनि नागरीकको घरमै गएर भएपनि सेवा प्रदान गर्दै आएका थिए।