१५ केजी चरेस दिल्ली लैजाँदै गर्दा ५ नेपाली महिला पक्राउ

0

काठमाडौं- उत्तर प्रदेशबाट १५ किलोग्राम चरेससहित  पाँच नेपाली महिला पक्राउ पक्राउ गरेका छन्। उनीहरुलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो, सशस्त्र सीमा बल र स्थानीय प्रहरीको संयुक्त अप्रेसनका क्रममा नियन्त्रणमा लिइएको भारतीय प्रहरीले शुक्रबार जनाएको छ ।

बिहीबार तीनजना महिलाहरुलाई मिहिनपुर्वा बसअड्‌डा नजिकैबाट १० केजी चरेससहित पक्राउ गरिएको बहरइचका प्रहरी प्रमुख विपिन मिश्राले बताएका छन् ।

महिनपुर्वा क्षेत्रबाट पक्राउ पर्नेहरुमा रुकुम जिल्लाका रञ्‍जिना रोका, मञ्‍जु रोका र सिर्जना रोका रहेका छन्। त्यसैगगरि अन्य दुई जना नेपाली महिलाहरुलाई सशस्त्र सीमा बल रुपेडिया क्षेत्रबाट पाँच किलो चरेससहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रोल्पाका महिलाहरु भएको बताइए पनि उनीहरुको नाम भने खुलाइएको छैन ।