मन्त्रिपरिषद् बैठकः फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

0

काठमाडौं-मन्त्रिपरिषद्को वैठकले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद बैठक बोलाउन सिफारिस गरेको छ।शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश अनुसार फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको हो।संसद पुनःस्थापनापछि पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

गत मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको संसद विघटनको विपक्षमा फैसला गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।सोहीअनुसार छलफल गर्न प्रधानमन्त्री अ‍ोली बिहीबार साँझ शीतल निवास पुगेका थिए।