कञ्चनपुर प्रहरीद्धारा विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम

0

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा जनचेतना मूलक कार्यक्रम गरेको छ।

शुक्रबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी–बिद्यालय सम्पर्क कार्यक्रम अनुसार महेन्द्रनगरको फ्लोरिडा माध्यमिक विद्यालयमा विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरिएको हो।

कञ्चनपुर प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले लागु औषध नियन्त्रण तथा न्युनिकरण, साईबर क्राईम, महिला हिंसा, आत्म हत्या न्युनिकरण, ट्राफिक सचेतना सम्बन्धी विषयमा जानकारी गराएका थिए।

वडा प्रहरी कार्यालय महेन्द्रनगरले दशरथ आधारभुत बिद्यालयमा, ईलाका प्रहरी कार्यालय गुलरियाले ज्योती ईङ्लिस बोर्डिङ्ग स्कुलमा उत्त कार्यक्रम गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीले पनि लागुऔषध, साइबर अपराध, घरेलु हिंसा, छाउपडि प्रथा सम्बन्धि जानकारी मुलक एवं अन्तरक्रिया कार्यक्रम गरेको छ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले डोकेबजारमा अटो पार्किङमा अटो चालकहरुलाई सवारी दुर्घटना तथा न्युनिकरणका उपायहरुबारे जनचेतना मुलक कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।