शुक्रबार ११२ जनामा संक्रमण, ४ जनाको मृत्यु

0

काठमाडौं– नेपालमा शुक्रबार १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेका छन्।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ।त्यस्तै पछिल्लो २४ घन्टामा ५४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ५७ हजार ५८० जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा ९३६ रहेका छन् भने ७१ जना क्वारेन्टाइनमा रहेका छन्।