नेकपा संसदीय दलको प्रमुख सचेतकमा भट्टराई नियुक्त

0

काठमाण्डौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।

शुक्रबार प्रमुख सचेतक पदबाट देव गुरूङलाई जिम्मेवारीमुक्त गर्दै भट्टराईलाई प्रमुख सचेतक बनाइएको हो। नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा लागेर प्रधानमन्त्री तथा संसदीय दलका नेताविरूद्ध गतिविधि गरेपछि कारबाही गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

प्रचण्ड–नेपाल समूहमा लागेर गुरूङले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउनका लागि मत दिएका थिए। उक्त समूहले संसदीय दलको नेतामा प्रचण्डलाई निर्वाचित गरेको जनाएको थियो।