कञ्चनपुरमा लागुऔषध सहित ४ जना पक्राउ

0

कञ्चनपुर– कञ्चनपुरमा लागुऔषध सहित ४ जना पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शुक्लाफाँटा १० झलारी बस्ने २९ बर्षीय विक्रम ठकुल्ला, २९ बर्षीय दिपेन्द्र सुनार, बेदकोट १० बस्ने ३० बर्षीय महेश बिष्ट, २३ बर्षीय पुष्पमणी थापा, शुक्लाफाँटा १० झलारी बस्ने २९ बर्षीय विक्रम ठकुल्ला र २९ बर्षीय दिपेन्द्र सुनार रहेका छन्।

शुक्लाफाँटाबाट पक्राउ परेका ठकुल्ला र सुनारको साथबाट ब्राउन सुगर तयारी अवस्थाको ३.३० ग्राम र खुल्ला ४.८० ग्राम गरी जम्मा ८.१० ग्राम, ५४ हजार १ सय ७० नगद र प्रयोग भएको होण्डाई ह्ऋभ्ल्त् कार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

त्यस्तै, भिमदत्त १३ झुलेङ्गेबाट पक्राउ परेका बिष्ट र थापाको साथबाट ब्राउन सुगर २ ग्राम ४ सय ८० मिलिग्राम र चरेश १ ग्राम १५० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।