केशब भट्ट, कञ्चनपुर– कञ्चनपुर–कैलालीको एकमात्र रानाथारु संग्रहालयको निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ। कञ्चनुरको पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डा स्थित रानाथारु सग्रालय २०७४ सालदेखि निर्माण सुरु भएको थियो। कैलाली कञ्चनपुर जिल्ला आदीवासी समूदायको रुपमा रहेको रानाथारुको परम्परागत कला, सस्कृती, भेषभुषाको जगेर्ना गर्ने उद्येश्यका साथ निर्माण सुरु गरिएको संग्रहालयमा लगभग १५ कारोड लगानी लाग्ने रानाथारु संग्रहालययका समितिका अध्यक्ष विश्राम रानाले बताए।

सुरुमा भवन निर्माणका लागि ५ करोड ३६ लाखमा ड्रगन बि।एन।सी जेवी संग सम्झैता गरिएको अध्यक्ष रानाले बताए। निर्माण कम्पनिले २०७७ साल अषाढ मसान्तसम्म भवन निर्माणको काम सम्पन्न गर्ने भनेपनि कोभिड १९ का कारण निर्माण कार्य स्थगित भएको अध्यक्ष रानाले बताए। “लकडाउनमा ८ महिना काम भएन”, अध्यक्ष रानाले भने, “२०७८ साल अषाढ मसान्तसम्ममा भवन निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनिले बताएको छ।” भवन निर्माणको काम सम्पन्न भएपछि अन्य प्रक्रियामा जाने अध्यक्ष रानाले बताए।

२०७४ सालमा तत्कालिन मन्त्री एनपी साउँद तथा कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद दिवान सिंह बिष्टको पहलमा रानाथारु सग्रालयको काम अगाडी बढको रानाले बताए। आफुले प्रोफाइल तयार गरेको तिन महिनामा संग्रालय निर्माणका लागि बजेट परेकोप्रति उनले खुसी व्यक्त गरे। “तत्कालिन सरकारले बजेट दिएको थियो।”, रानाले भने, “यस क्षेत्रमा अहिले निर्वाचित भएर गएका सांसद तथा नेताहरुले चासो समेत दिएका छैनन्।” उनले संग्रहालयका लागि निवर्तमान मन्त्री विनामगर संग पहल गरेको बताए। तर कुनै थप बजेट नपरेको रानाले बताए।

लगभग ४ विघा क्षेत्रफलमा फैलिएको संग्रालय भवन ५ कट्टामा निर्माण भएको संग्रालय समितिका अध्यक्ष रानाले बताए। संग्रालय क्षेत्रमा पालेघर, कार्यालय, भान्साघर, संग्रालय, पूस्ताकालय र बैठकस्थान समेत गरि ६ वटा भवन निर्माण भइरहेको अध्यक्ष रानाले बताए। उनका अनुसार संग्रालय भवन २ तले छ भने अन्य भवन १ तले छन्। भवन निर्माण बाहेकको साढे ३ विघा जमिनमा फुटपाथ तथा बगैचा निर्माण गरिने उनले बताए। संग्रालयमा वरपरको सोभाका बोटविरुवा तथा फुलहरुको बगैचा निर्माण गरिने तयारीमा रहेको उनले बताए। उक्त जमिनमा सोलार जडान गरिएको बताए।

संग्रालयमा रानाथारु समाजका सम्पूर्ण सामग्री तथा रानाथारु भोजनका परिकार पाइने संग्रालय समितिका उपाध्यक्ष कन्हैया रानाले बताए। उनका अनुसार कैलाली कञ्चनपुरमा बसोबास गर्ने रानाथारुले आफ्नो पुरानो रितिरिवाजका बारेमा प्रयाप्त जानकारी पाउने छन्। संग्रालय निर्माण काम अन्तिमा पुगेको उनले बताए। भवनमा सिलिङ निर्माण, पर्खालमा पलस्टर तथा रंगरोगनका काम बाँकी रहेको उनले बताए। संग्रालय निर्माणमा स्थानियबासीले खुसी व्यक्त गरेको उनले बताए।

कालेश्वर महादेव मन्दिर समितिले कालेश्वर आधारभुत विद्यालयलाई प्रदान गरेको जमिनमा निर्माण हुन लागेको संग्रालयको मुनाफाको ५० प्रतिशत विद्यालयलाई प्रदान गरिने समितिका सचिव जानमति रानाले बताइन्। बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित कालेश्वर आधारभुत विद्यालयले जगा प्रदान गरेकाले विद्यालयको विकासका लागि ५० प्रतिशत रकम दिइने सहमति भएको उनले बताइन्। संग्रालयको पर्यटन विभागले निर्माण गरिरहेको हो।