चौथो शुक्लाफाँटा पर्यटन महोत्सवमा साइकल रेस प्रतियोगिता

0

कञ्चनपुर– चौथो शुक्लाफाँटा पर्यटन महोत्सवमा साइकल रेस प्रतियोगिता गरिएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा बुधबार साइकल रेस प्रतियोगितामा गरिएको हो।

प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम भुवन विष्ट, द्धितिय अमृत धामी र तृतिय अशोक धामी भएका छन्। त्यस्तै कृृष्ण सिंह बुढा, मदन डगौरा र दिपक साउँद क्रमश चौथौ, पाचौँ र छठौँ भएका थिए। प्रतियोगितामा प्रथमलाई ७ हजार, द्धितियलाई ५ हजार ५ सय, तृतियलाई ४ हजार र चतुर्थलाई २ हजार ५ सय पुरुस्कार प्रदान गरिने पर्यटन महोत्सवका सदस्य सचिव दिनेश राज भट्टले जनाकारी दिएका छन्। पुरुस्कार १५ गते महोत्सव समापनको दिन वितरण गरिने जनाइएको छ।

७ किलोमिटर दुरी रहेको साइकल रेस झुलेङ्गे पुलपार्कदेखि पर्यटन मार्ग हुदै मझगाउँ विमानस्थल स्थलसम्म भएको थियो।